२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको नदीमा बाढीः २४ गाउँ जोखिममा

२६ असार २०७७, शुक्रबार १५:३४

असार २६, महोत्तरी | बुधबार साँझदेखि नै महोत्तरी जिल्लामा मुसलेधार पानी परेपछि जिल्लाको आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।

लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ । 

बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षायाममा महोत्तरीको धेरै जसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीहरुमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन् । 

बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य