२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गोहीको २२४ बच्चा थपिए

२०७७, २७ असार शनिबार ०८:०९

नारायण अधिकारी। असार २७, चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन गरिएको थियो । अण्डा कोरल्नका लागि राखिएको ७० देखि ८० दिनमा बच्चा कोरलिने गर्दछ । गएको वैशाखमा ती अण्डा सङ्कलन गरेर प्रजनन केन्द्र परिसरमा राखिएको थियो । यस वर्ष अत्यधिक वर्षा भएका कारण प्लाष्टिकले ढाकेर अण्डा राखिएको थियो ।

निकुञ्जले राप्तीमा आठ र नारायणीमा पाँचवटा गुँड नदीमा छाडेको थियो । खड्काका अनुसार राप्तीमा ती गुँडबाट १३० बच्चा कोरलिएका छन् । नारायणीका सबै गुँडमा बच्चा निस्कने बेलामा भल गुँडमा पसेपछि सबै अण्डा क्षति भएको उहाँको भनाइ छ । यस वर्ष मौसम बच्चा कोरल्नका लागि उपयुक्त नभएको खड्काले बताउनुभयो । घाम र ताप आवश्यक हुने भए पनि वैशाखयता नियमित वर्षा भएकाले बच्चा कोरल्नका लागि उपयुक्त वातावरण नबनेको हो । 

हालसम्म एक हजार ५१५ गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ ।  यस वर्ष राप्ती नदीमा ५० गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उहाँले जानकारी दिनुभयो । 

 निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । 

 सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि छ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा माउ र बच्चा गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ । प्रजनन केन्द्रमा रहेका गोहीले पारेका अण्डा भाले नलागेकाले बच्चा कोरलिएका छैनन् । केन्द्रमा एउटा मात्र भाले रहेको र त्यसमा प्रजनन क्षमता कमजोर भएको अनुमान गरिएको छ । 

बाँदरलाई तर्साएर लखेटिने

बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ । जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु दुई हजार ८०० का दरले यन्त्र खरिद गरिएको छ । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडिबाट लाइटर छिराएर सल्काएपछि चर्को आवाज आउने उहाँको भनाइ छ ।

यन्त्रलाई चलाउने विधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा तीन हजारदेखि तीन हजार ५०० सम्म बाँदर रहेको अनुमान छ । घिमिरेले हरेक वर्ष ४०० भन्दा बढीले बच्चा जन्माउने गरेको बताउनुभयो ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो यन्त्रको चर्को आवाज आउने र बाँदर तर्सिएर भाग्ने छ । त्यस क्रममा निकै चर्को आवाज आउने भएकाले सञ्चालन गर्नेको कानको समस्या हुनसक्ने भएकाले पूर्णरूपमा तालिम दिएर मात्र यन्त्र स्थानीयवासीलाई दिइने छ । असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ । बाँदरले बालीनाली ध्वस्त बनाएको, घरभित्र पसेर खानासमेत खाइदिने गरेको, १२ जनाभन्दा बढीलाई चिथोरेको र टोकेको उहाँले बताउनुभयो ।

स्थानीयवासीले धेरै दुःख पाएपछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि बढाएको पौडेलले बताउनुभयो । अन्य विभिन्न विकल्पमा काम गरेको भए पनि केही सीप नलागेपछि चर्को आवाज निकालेर तर्साएर लखेट्न लागिएको उहाँको भनाइ छ । समितिले बाँदरलाई खोरमा राख्ने, सङ्कलन गरेर अन्यत्र लगेर छाडिदिनेजस्ता काम गरेको भए पनि सफल हुनसकेको छैन । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा