साउन ९,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो "/>
साउन ९,भक्तपुर । मध्यपुर थिमिबाट आफ्नो व्यापार व्यवसायका सिलसिलामा मूल थलो छाडेर गएका थिमिवासीको साझा संस्था शान्ति खलःले बिभिन्न व्यक्तिलाई आज सम्मान गरेको छ । नेपाली काँग्रेसका नेता एवं सांसद गोपालमान श्रेष्ठले एक कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीमध्येबाट प्रवेशिका उत्तीर्ण हुने १७ जना, खलःका आजीवन सदस्य र ज्या जंको अर्थात् भीमरथारोहण भएका व्यक्तिलाई सम्मान गर्नुभएको थियो । त्यस अवसरमा नेता श्रेष्ठले सबै जातजाति, भाषाभाषी मिलेर देशको चौतर्फी विकास गर्नु नै आजको आवश्यकतामा जोड दिनुभयो । संस्थाका महासचिव ईश्वरलाल श्रेष्ठ, खलःका अध्यक्ष कृष्णदास सा“य् श्रेष्ठ, थिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, डा दुर्गालाल श्रेष्ठ, कान्छा श्रेष्ठ लगायतले थिमिका बासिन्दा बसाइँ सरेर जहाँ गए पनि उनीहरुको कला र संस्कृति भने सोही ठाउँमा जीवन्त रहने विश्वास व्यक्त गर्नुभयोे । राससकोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
थिमि छाडेर गएकाहरुलाई सम्मान
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार