Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछि …

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २८, पाल्पा। पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।  श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराउनु भएको थियो । रासस