२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध

२८ असार २०७७, आईतवार ११:३५

असार २८, महोत्तरी | महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका¬–३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट मडै, रौजा हुँदै बर्दिबाससम्म पुग्ने यस सडकखण्ड अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने सवारीसाधन ठप्प भएको छ । चार दिनदेखिको अविरल वर्षाका कारण  जिल्लाको विभिन्न तीनवटा स्थानीय तहको २१ वटा घर भत्ँकदा रु दश लाखको क्षति भएको छ ।  प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार मनराशिस्वा नगरपालिका–२ मा आठ, ८ मा आठ र १० मा तीन घर पूर्ण रुपमा भत्किएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका–१२ मा एक घर र एकडारा गाउँपालिकामा एक घर पूर्ण रुपमा भत्किएको छ । यसरी तीनवटा स्थानीय तहमा २१ वटा घर भत्ँकदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा तथा नगद र अन्य सामग्री गरी जम्मा रु नौ लाख ६० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य