2026-09-12 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या

असार २९, नारायणपुर । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि  व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पनि व्यवस्थापन गर्न अवरोध आएपछि समस्या भएको बताउनुभयो । बेवारिसे शव व्यवस्थापन तुलसीपुरमै गर्ने तयारी गर्न थालिएको चार दिन बितिसक्दा पनि अझै कुनै निष्कर्ष निस्कन नसकेको उहाँको भनाइ छ । 

यसअघि जिल्लामा आफन्त कोही नभएकी तुलसीपुरकी  फेसबुक लाइभमार्फत आत्महत्या गरेकी युवतीको शव व्यवस्थापनका लागि पनि कठिनाइ भएका प्रनाउ सिंहले बताउनुभयो । पछि उनको शव रोल्पामा रहेका उनका आफन्तकहाँ थियो ।  घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमान्दा तुलसीपुरलाई शव व्यवस्थापनको समस्या भएको प्रनाउ सिंह बताउनुहुन्छ । तुलसीपुरमा केही समय अगाडि रोल्पाका एक संक्रमितलाई वडा नम्बर १२ मा लगेर व्यवस्थापन गरिएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देव परीक्षण गर्ने काममा कुनै रोक नगरिएको बताउनुहुन्छ । प्रतिष्ठानमा सरसफाइ गर्नुपर्ने वा कुनै अत्यावश्यक काम हुँदा रोकिएको हुन सक्ने उहाँले बताउनुभयो । “जुनकुनै अस्पतालमा पनि कहिलेकाहीँ पोष्टमार्टम नहुन सक्छ, त्यसलाई आधार बनाएर गरेन भनेर प्रचार गरिनु ठीक भएन”,देवले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग