ताराबहादुर महत, फागुन १७, दोलखा
दोलखाको लापिलाङ्ग गाविस वडा नम्वर ७, ८ र ९का भुकम्प
पिडीतहरुले न्यानो कपडा खरिद गर्नका लागी नेपाल सरकारले प्रदान गरेको १० हजार रकम अझै नपाएको गुनासो
गरेका छन् ।
गत बैशाख १२,१३ र२९ गते गएको विनाशकारी भुकम्प पछि अस्थाई टहरामा बस्दै आएका गाविसका
वडा नम्वर ७ का २० घरपरिवार, ८ का १ सय ५० घरपरिवार ९ का १ सय ५० घरपरिवारले न्यानो कपडा खरिदका लागी
नेपाल सरकारले प्रदान गरेको १० हजार रकम आफुहरुले अझै नपाएको लापिलाङ्ग गाविस वडा नम्वर ८ का रेजीना
अधिकारीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो, ‘‘अस्थाई आवास निमार्ण गर्नका लागी नेपाल सरकारले
प्रदान गरेको १५ हजार पाएको भएपनि १० हजार भने अहिले सम्म पनि पाएको छैन ।’’
यता जिल्ला दैवी
प्रकोप उद्धार समिती दोलखाका अध्यक्ष एवं्म प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जिल्लामा रकम
नभएकाले आफुहरुले रकम दिन नसेको र केन्द्रिय दैवी प्रकोप उद्धार समिती बाट पहिलो चरणमा ५० करोड र दोस्रो
चरणमा थप १५ करोड गरी जिल्लामा ६५ करोड मात्र रकम आएको र उपलब्ध रकम वितरण गरी सकिएको बताउनुभयो । साथै
उहाँले अपुग रकम केन्द्रमा माग भई रहेकाले आउने वितिकै सबै रकम बाँकी रहेका भुकम्प पिडीतहरुलाई दिने
बताउनुभयो । हाल जिल्लामा करिब १७ करोड रुपिँया रकम आवश्यक रहेको बताईएको छ ।