२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेको चौँरीदेउरालीको वडामै सुविधा सम्पन्न क्वारेन्टिन

२ श्रावण २०७७, शुक्रबार ०३:५९

साउन २, काभ्रेपलाञ्चोक। चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ । 

कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने थालिने जनाइएको हो । वडास्तरमा क्वारेन्टिन नबन्दासम्म कारोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडामा आवश्यकताका आधारमा आधारभूत सुविधासहितको क्वारेन्टिन व्यवस्थापन गर्दै जानेछौँ ।” उहाँका अनुसार कोरोनालगायत महामारीको बढ्दो जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट छुट्याइएको छ । हाल पालिकास्तरमा ३० बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ । 

सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेतनामा विशेष जोड दिइने पनि गौतमले बताउनुभयो । “बजेट विशेष गरी स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमकतामा राखिएको छ”, गौतमले भन्नुभयो । साथै, गाउँपालिकाले ७० वर्ष उमेर कटेका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ७० वर्ष उमेर कटेका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियालगायत उपचार निःशुल्क गरिने उल्लेख गरेको छ । 

गौतमले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकी तथा अस्पतालबाट उक्त सेवा दिइने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम, बजेट घोषणा कार्यक्रममा ७० वर्ष उमेर नाघेका नागरिकको सूची तयार गरी सामान्य रोगका लागिसमेत स्थानीय स्वास्थ्यकर्मीमार्फत उपचार गर्न प्रोत्साहन गरिने बताउनुभयो । ५ नम्बर वडामा प्रदेश सरकारको बजेटबाट १५ श्ययाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । 

गौतमले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअन्तर्गत कृषि, सिँचाइ तथा पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकूद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास कार्यान्वयनका लागि रु ५२ करोड ३५ लाख तीन हजार बराबरको बजेट पेश गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य