2026-09-13 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

साउन २, पोखरा। पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् ।

विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनको पदसमेत रिक्त छ ।

व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउनुभयो । यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा डा ज्ञानेश्वर शर्माले २१ औँ शताब्दीको विश्वविद्यालय परिकल्पना गरेको अवस्थामा विश्वविद्यालय नेतृत्वविहीन हुँदा सबैलाई पीडा भएको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति हेमराज पाण्डेले समयसापेक्ष नीतिगत निर्णय गरी विश्वविद्यालयको शैक्षिक एवं पूर्वाधार विकास कार्यक्रमलाई समय अनुकूल बनाउन र विश्वविद्यालयको भविष्यलाई जोगाउन विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्ने बताउनुभयो । सहप्रशासक यादव थापाले पोखरा विश्वविद्यालय धेरै दुःखले आजको अवस्थासम्म आएको बताउँदै यसको उज्ज्वल भविश्यको लागि सबैले सकारात्मक भएर सोच्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा विश्वविद्यालय कर्मचारी सङ्घका अध्यक्ष शिवराज पण्डित, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वस्ववियु सभापति सुनिल क्षेत्रीलगायतले नेतृत्व अभावका कारण विद्यार्थीको मात्रै नभई सम्पूर्ण शिक्षक तथा कर्मचारीको भविष्यसमेत अन्धकार भएकोमा जोड दिनुभयो । विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रत्येक वर्षको साउन १ गतेलाई पोखरा विश्वविद्यालयको स्थापना दिवसका रुपमा मनाउँदै आइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले