२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोना महामारीको असर ‘देउडा पर्व’मा

२०७७, २ श्रावण शुक्रबार ०५:५३

साउन २, सुर्खेत। कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो ।

कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाइएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो ।

साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै । देउडा पारखी आफूखुशी आउँछन् र विभिन्न समूह बनाई गोलो लाइनमा उभिएर खेल शुरु गर्छन् ।

यस्तो विशेष महत्वको दिनमा देउडा खेल्न र हेर्न नपाइएको यहाँका स्थानीय महिला विर्षदेवी हमालले बताउनुभयो । “देउडा हाम्रो संस्कृतिमात्र होइन”, हमालले भन्नुभयो, “यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो ।” कोरोना भाइरसको कारण लामो समयदेखि देउडा खेलको रमाइलो लिन नपाइएको उहाँको भनाइ थियो । 

साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, व्रतबन्ध, विवाहवारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ । तरुणदेखि वृद्धले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन् । देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन । पुरुष÷पुरुष, महिला÷महिला वा महिला पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो । जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ । 

यद्यपि देउडामा प्रस्तुत सबैखाले क्रियाकलापले दिने मूल सन्देश भनेकै सुसंस्कृत समाज तथा नैतिकवान चरित्र निर्माण र मनोरञ्जन आदानप्रदान हो । त्यसको अलावा यसले समाजमा भएका विकृति, अनियमिता, शोषण, राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यास र त्यसले पारेको प्रभावका बारेमा पनि सुसूचित गराउँदै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । 

‘देउडा कर्णालीको सांस्कृतिक प्रतिबिम्व’  

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले प्राचीनलदेखि चलिआएको ‘देउडा मानव जीवन व्यवहारको सांस्कृतिक प्रतिबिम्व’ भएको बताउनुभयो । मानव इतिहास र देउडा संस्कृति सँगसँगै भएर आएको बताउँदै अध्यक्ष धितालले यसको विशेषता र महत्वले कर्णाली सम्पन्न भएको जनाउनुभयो । “यो खेल डेढ पाइला अघि र डेढ पाइलापछि गरेर खेलिन्छ”, उहाँले भन्नुभयो, “कस्तुरी मृगले घुमेझैँ तेउडा मारेर खेलेर खेलिने भएकाले यसलाई तेउडा पनि भनिन्छ ।” 

भाषाको विकास, आर्थिक व्यवहार, परम्परागत संस्कृतिको निरन्तरता, पुरानो औषधि विज्ञानको सरंक्षण गर्न देउडाको ठूलो महत्व रहेको उहाँले बताउनुभयो । त्यस्तै, प्रेम मिलन, मैत्रीपूर्ण सांस्कृतिक तथा शैक्षिक कार्यक्रम, सम्बन्ध विस्तार प्रचारप्रसार, विज्ञापन, स्थान विशेष चिनाउन र पर्यटन प्रवद्र्धनमा पनि देउडाको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष धितालको भनाइ थियो ।

कर्णालीका हजारौँ नागरिक सहभागी भएर मनोरञ्जन लिने देउडा पर्व यसपालि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित भएकाले स्थानीय रेडियोबाट शुभकामना आदानप्रदान गरेर मनाइएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ । कर्णाली प्रदेश सरकारले पनि कोरोना महामारीमा सावधानी अपनाउन अपिल गर्दै देउडा पर्व तथा साउने संक्रान्ति अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी