नमिन ढकाल | इलाम,९ साउन । जिल्लाका बाँस्केटबल खेलाडीहरुलाई संगठित गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ आजबाट इलाममा आधारभुत बास्केटबल प्रशिक्षण सुरु भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नमिन ढकाल | इलाम,९ साउन । जिल्लाका बाँस्केटबल खेलाडीहरुलाई संगठित गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ आजबाट इलाममा आधारभुत बास्केटबल प्रशिक्षण सुरु भएको छ ।

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा बाँस्केटबल प्रशिक्षण सुरु ।

२०७३, ९ श्रावण आईतवार १४:०६


नमिन ढकाल | इलाम,९ साउन । जिल्लाका बाँस्केटबल खेलाडीहरुलाई संगठित गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ आजबाट इलाममा आधारभुत बास्केटबल प्रशिक्षण सुरु भएको छ ।

बाँस्केटबल इलामको आयोजनामा महेन्द्र रत्न बहुमुखी क्याम्पसको कोटमा सुरु भएको प्रशिक्षणमा जिल्लाका ३० भन्दा बढी बास्केटबलमा रुची राख्ने विद्यालयका खेलाडीहरुको सहभागीता रहेको छ । पाँचौ राष्ट्रिय खेलकुदपछि सेलाउँदै गएको इलामको बाँस्केटबललाई पुन व्युताउनका लागी प्रशिक्षण कार्यक्रम आयोजना गरेको आयोजक समितीका सदस्य रोहन आर्चायले बताए । खेलाडीहरुलाई आजबाट बास्केटबल संघका पुर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले प्रशिक्षण दिइरहनुभएको छ । १५ दिनसम्म चल्ने प्रशिक्षणबाट सातौ राष्ट्रिय खेलकुदमा इलामबाट बास्केटबलमा प्रतिनिधित्व गराउने लक्ष्य रहेको आयोजक समितीले जनाएको छ ।

इलामका अग्रज बाँस्केटबल खेलाडी मदन खड्काको अध्यक्षतामा भएको समुदघाटन समारोहका प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष जितबहादुर राई रहनुभएको थियो । कार्यक्रममा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सन्तोष भक्तराज, इलाम एफएमका स्टेशन मेनेजर हेमराज ढकाल, ब्लाष्ट टाइम्स दैनिकका सम्पादक योगेशबाबु काफले,  युएसए अनलाइन टिभीका सम्पादक कृष्ण खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई रोहन आर्चायले संचालन गरेका थिए । इलाममा हाल बाँस्केटबल खेल्ने गरिएपनि आधिकारिक रुपमा जिल्ला बास्केटबल संघ गठन भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित