2026-10-24 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया किसानको आन्दोलन सहमति नजिक

किरण पौड्याल। साउन ४, इलाम। लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् ।

सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए ।

त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुगेको बताएका छन् । नगरपालिकाले समेत तोकिएको मूल्यमा किसानको चिया किन्न उद्योगीलाई आदेश दिएपछि उद्योगी माग पूरा गर्न सकारात्मक देखिएको सूर्योदय नगरपालिका–११ का चिया किसान सोनामछिरिङ काजीले बताउनुभयो ।

नगरपालिकाले हरियो चियापत्तीको न्यूनतम मूल्य रु ४० कानूनमै लेखिएकाले उद्योगले पूरा नगरे कारवाही गर्ने बताएपछि उद्योगी सकारात्मक देखिएको सोनामले बताउनुभयो । “नगरपालिका, चिया किसान र उद्योगीबीच वार्ता बस्दा नगरप्रमुख रणबहादुर राईले कानूनको कुरा गरेपछि उद्योगी सकरात्मक हुँदै आएका हुन्”, उहाँले भन्नुभयो, “धेरै उद्योगी अहिले पनि सकारात्मक हुनुहुन्छ । केही उद्योगीले मात्र कुरा बुझ्नुभएको छैन ।”

नगरका अधिकांश किसानले गुणस्तरहीन चिया कारखानामा ल्याउने भएकाले तोकिएको मूल्य दिन नसकेको उद्योगीले बताएका थिए तर किसानले भने सबै चियालाई कारखानाले एकै दाम दिने भएकाले चियामा गुणस्तर कायम गर्न नसकेको बताएका थिए । “कारखानाले सबै चियाको दाम एकै किसिमको दिन्छ”, सोनामले भन्नुभयो, “डोकोमा लगेको, बोरामा खाँदेको वा एक पात दुई सुइरो वा आठ इञ्च लामो सबै चियाको दाम एउटै मापदण्डमा राखेपछि गुणस्तर कम भएको हो ।” 

उद्योगीले गुणस्तरीय चिया मात्र किनेमा आफूहरू गुणस्तरीय चिया बनाउन पनि तयार रहेको सोनामले बताउनुभयो । उद्योगले चियाको गुणस्तरअनुसार प्रतिकिलो रु ४० देखि रु १०५ सम्म दाम दिन सकिने बताएपछि तोकिएअनुसारको चियाको दाम नदिने गरेको किसानले बताएका छन् । तोकिएकै दाम दिने उद्योगले कबोल गरेर चिया लिए पनि भुक्तानीको समयमा तोकिए जति दाम नपाउने गरेको अर्का चिया किसान डम्बर कटुवालले बताउनुभयो । “हामी सबै किसान पढेलेखेका पनि छैनौँ । पहिले राम्रै दाम दिने भनेर चिया किने पनि पछि कम दाम दिन्छन्”, डम्बरले भन्नुभयो, “आफूले उत्पादन गरेको वस्तुको मूल्यमा समेत हामी ठगिँदै आएका छौँ ।”

यता उद्योगहरूले भने गुणस्तरीय चिया आए तोकिए (रु ४० प्रतिकिलो) भन्दा बढी पनि मूल्य दिएर किन्ने बताएका छन् । किसानको चियामा गुणस्तर नहुने भएकाले नै कम मूल्य दिनुपरेको उद्योगीले बताएका छन् । “विषम परिस्थिति छ, चिया बजारमा जानसमेत सकेको छैन तर पनि चियाको गुणस्तरअनुसारको मूल्य दिन्छौँ”, सूर्योदय चिया प्रोडक्सनका सचिव गोपाल कट्टेलले भन्नुभयो, “हामी गुणस्तरीय चिया आएमा रु ४० होइन रु ९५ मा समेत किन्न सक्छौँ ।” कट्टेलले बन्दाबन्दीका कारण चिया बेच्न नसकिएकाले चियाको अग्रिम भुक्तानी दिन नसकिएको बताउनुभयो । 

नगरपालिकाले पनि तोकिएको भन्दा कम मूल्यमा किसानको चिया उद्योगले किन्न नसक्ने बताएको छ । चियाको मूल्य निर्धारण गर्दा उद्योगी, किसान, चिया बोर्ड सबैको छलफल भएकाले उद्योगले कानूनअनुसार चल्नुपर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने