२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

२०७७, ५ श्रावण सोमबार ०४:५०

साउन ५, महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

दुई अन्य साथीसँग नुहाउन गएका मिश्र गहिरो खाल्डोको पानीमा चिप्लिएर डुबेका हुन् । उनलाई तत्काल उद्धार गरी बर्दिवास–१४ कै शुभस्वस्तिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभयो । शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरेर अन्तिम संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन् । 

किशोरको मृत्युसँगै जथाभावी खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन् । रातु नदीको नदीउकास क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाल्डामा परी बर्सेनि ज्यान जाने गरेको छ । यसअघि गत असारमा यस्तै खाल्डोमा परेर छिमेकको भङ्गाहा–४ मा र गत वर्ष बर्दिवास–९ पशुपतिनगरमा एक÷एक किशोरको मृत्यु भएको थियो । 

नदीउकास क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाल्डो खन्न नपाइने प्रावधान भए पनि यहाँ २५/३० फिट गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ (बालु–ढुङ्गा) निकालिने गरिएको छ । यससम्बन्धमा बर्सेनि सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरे पनि मापदण्ड नाघेर खाल्डा खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा भने नपरेका यहाँका सर्वसाधारणको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय