Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ६, गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ ।

गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृतिको संरक्षण सम्बद्र्धन गरिने बताउनुभयो । अन्नपूर्ण आधार शिविर, हिँड्न लेक, मरेडाँडा, टाडापानी, ताल चियाउने गह्रालगायतका क्षेत्रको संरक्षण प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउने गाउँपालिकाको तयारी छ ।

अध्यक्ष कुँवरका अनुसार अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थानको विवरण सङ्कलन गरी प्रचारप्रसार गर्न ब्रोसर प्रकाशन गर्ने तयारी गरिएको छ । भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्टे«लियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवद्र्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिने उहाँले बताउनुभयो ।

सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन भइरहेको तथ्यलाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविरमा पर्यटनको बसाई व्यवस्थित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुराँमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय पर्यटन समितिको सहकार्यमा आवश्यक पर्यटन कार्यक्रम सञ्चालन गरिने र गाउँपालिकाभित्र पर्यटन विकासको गतिविधि अगाडि बढाउन, प्रचारप्रसार गर्न अन्नपूर्ण आधारशिविर क्षेत्रमा प्लास्टिक, टिन फलामलगायतका वस्तुको व्यवस्थापन गरी सरसफाइमा जोड दिइने अध्यक्ष कुँवरले बताउनुभयो ।

पर्यटकको बसाई अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङ्ग्रहालय, मेलाचे पार्क, नौडाँडाको निर्माणाधीन भ्युटावर, मणिको डाँडो, बराह पोखरी, ताल चियाउने गह्राको पार्क, शीतल गुफा धार्मिक पर्यटक पार्क आदिलाई व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । रासस