२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गैरीमुदीमा मेलमिलाप केन्द्र स्थापना

१९ फाल्गुन २०७२, बुधबार १२:३६

ताराबहादुर महत, फागुन १९, दोलखा ।
दोलखाको
गैरीमुदी गाविसमा आज सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

एक कार्यक्रमकाबिच गाविस सचिव जयराम घिमिरेले केन्द्रको उद्घाटन गर्नुभएको हो । सामुदायिक
मेलमिलाप केन्द्र गैरीमुदीकी संयोजक यमुना मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत
द्वन्द्व रुपान्तरण नेपालका दोला जिल्ला प्रशिक्षक ताराबहादुर महत, नेपाली काङग्रेसकी प्रतिनिधि
ठुलीकान्छी विक, एमालेका टिकाराम गिरी, एमाओवादीका वीरबहादुर तामाङ्ग, प्रहरी चौकी गैरीमुदीका प्रहरी
असई लालप्रसाद लुइटेल, स्वास्थ्य चौकी इन्चार्ज बमबहादुर तामाङ्ग लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो
। कार्यक्रममा बोल्नुहुँदै वक्ताहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति स्थापना
गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखाका करिब ३० गाविसमा मेलमिलाप केन्द्र
स्थापना भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह