साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको"/>
२८ मंसिर २०८२, शनिबार
दार्चुला - DCL

दार्चुलामा अधिकांश चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा

१० श्रावण २०७३, सोमबार १५:४६

साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको अध्ययनले तस्करी भारतीय क्षेत्रबाट हुने गरेको सार्वजनिक गरेको हो । 

दार्चुलाको लाली देखि व्यास ताक्लाकोटसम्म २३ वटा चोरी सिकारीका नाकाहरु रहेको खुलेको छ । जसमा अधिकांश कारोबार भारतीय नाकाबाट हुने गरेको देखिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकृत रणेन्द्र सिंहले बताउनुभयो । नेपालतिरका सम्बेदनशिल नाका ३÷४ मात्रै रहेका भएपनि  अरु सबै चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा छ । तिन चार वर्षसम्मको अध्ययनले भारतबाट नेपाल आएर चीनको ताक्लाकोट अवैध चोरी शिकारीका वस्तु निर्यात हुने गरेको देखिएको छ । गुगल जिपिएस प्रणालीबाट गरिएको अध्ययनले नेपाल सग सीमा जोडिएका भारतीय नाकाहरु सम्बेदनशील छन् । दत्तु पूल घाटदेखि ताक्लाकोट सम्मको नाकाहरु एकिन भएका छन् भने बँकी अझै अध्ययनकै क्रममा रहेको छ । 

सीमा क्षेत्रको पूल, दोबाट, दोपखे, कल्जु खोला, टाटा, तिंकर छांगरु, छियालेक, दुम्लीङ, गव्र्याङ, गर्वाधार, बर्तीघाट, तवाघाट, तिगरमाघाट, कुलागाड, बुदी लगायतका नाकाहरुबाट तस्करी हुने गरेको छ । खासगरी दार्चुलाको तिंकर नाका भएर वन्यजन्तु बढि तस्करी हुने गरेको छ । त्रिदेशी सीमा क्षेत्रमा अवस्थित दार्चुलामा सीमा तस्करी नियन्त्रणको लागि वन्यजन्तु अपराध नियन्त्रण समितिद्धारा सुरक्षा नीति अपनाइने सूचना अधिकृत  सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ