२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव

११ श्रावण २०७७, आईतवार ०६:२८

साउन ११, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन् ।

गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रबिसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी समस्यामा परेका छन् । सडकले बाह्रबिसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । यस्तै बाह्रबिसे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउँपालिकाका पाँचवटै वडा खाद्यान्न अभाव भएको जनाइएको छ ।

धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीयवासी पानी धेरै परेर बाटो भत्किएपछि खाद्यान्न ढुवानीमा असहज हुँदा पीडित प्रशासन र स्थानीय सरकारको भर पर्नुपरेको छ । छिमेकी मुलुक चीनसँगको साझेदारीमा ४० मेट्रिक टन खाद्यान्न बाढीपीडितका लागि आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ । “चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ”, उहाँले भन्नुभयो ।

राजमार्गमा सडक भासिने क्रम बढ्यो

राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।  सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो  । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताउनुभयो । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

क्यान्सरपीडितलाई सहयोग

लामो समयदेखि क्यान्सरले थलिनुभएकी वलेफी–६ माङ्खाकी नानु तामाङको उपचारमा सहयोग जुटेको छ । नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारीका अध्यक्ष तेजबहादुर पराजुली र माङ्खा–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले रु एक लाख चार हजार सहयोग हस्तान्तरण गर्नुभएको हो । सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजका तर्फबाट वेदनाथ आचार्यमार्फत रु ५२ हजार र बाँकी दुवै संस्थासम्बद्व सदस्यबाट आर्थिक सङ्कलन भएको हो ।

“गत वर्ष पेटमा ट्युमर पलायो, त्यसको शल्यक्रिया पनि भयो अब त ठीक हुन्छ भन्नेमा थिएँ, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।” उपचाररत नानुले पीडा पोख्दै भन्नुभयो, “एक वर्ष निरन्तर उपचार गर्दा सात लाख जति सकियो । अब उपचार गर्न सक्ने अवस्था थिएन । सहयोग पाएको रकमले उपचार गर्छु ।”

विपन्न नागरिकलाई गम्भीर प्रकृतिको रोगको उपचारवापतको सहुलियतमा उपचार गराउँदै रहेको परिवार स्रोतले जनाएको छ । उपचारमा अझै रकम अपुग हुने परिवारले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ