2026-09-08 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

साउन ११, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।  

साउन ४ गते ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएकोमध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो ।

यस स्थानका विभिन्न पहिरो हटाइसकेको र सो दुई स्थानका पहिरो एक/दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उहाँको भनाइ छ । “ठूलाठूला पहिरो गएकाले एक्साभेटरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।” बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेको स्थानमा पनि पुनः पहिरा जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयहरु जोखिम मोलेर हिड्डुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ बाट सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम