Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५३ करोडको लागतमा मकवानपुरमा पाँचवटा पक्की पुल निर्माण

२०७७, ११ श्रावण आईतवार ०७:४९

साउन ११, वाग्मती। मकवानपुरको मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।  

दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि  बोलपत्रसमेत आह्वान भएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गाउँपालिका–१ देखि ४ सम्मको विभिन्न खोलामा  निर्माण गरिने पुलको चौडाइ करिब ६ मिटर हुने बताइएको छ ।  

उक्त पुल निर्माणको लागि हाल रु १२ करोड बजेट विनियोजन भइसकेको छ  । गाउँपालिका–१ देखि वडा ४ सम्म निर्माण हुने पक्की पुलबाट त्यहाँका करिब ५०० घरपरिवार लाभान्वित हुने र आवागमनमा सजिलो हुने बताइएको छ । यस्तै गाउँपालिका–३ को टाग्राखोला, वडा नं १ को फसिन खोला, च्यापल खोला, हाँडीखोला र  ढाडोखोलामा पुल निर्माण हुने भएको छ । वडा नं ३ को हाँडिखोला पुलमा सबैभन्दा कम रु आठ करोड र ढाडोखोलामा  सबैभन्दा बढी रु १३ करोडको लागतमा पुल निर्माण हुने अनुमान गरिएको छ ।  

गाउँपालिकाले गत आर्थिक वर्षमा शुरु गरेको पैदलमार्गको झोलुङ्गे पुल पनि यस वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाबाट थाहा भएको छ  । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गत आर्थिक वर्षमा स–साना गरी करिब दुई दर्जन पुल निर्माण भइसकेको जानकारी दिइएको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाको आर्थिक र व्यावसायिक विकास तथा आवागमनको कामलाई सहज बनाउन पुल र सडक निर्माणमा जोड दिइएको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा