2026-11-02 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

साउन १२, रामपुर (रासस) | पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाउनुभएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ । 

“पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर बढेको छ”, उहाँले भन्नुभयो । विदेशबाट फर्केका यहाँका तीन युवा मिलेर २० रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरेका छन् । 

समूहमा तरकारी खेती गर्दा विदेशमा पाएको दुःख भुल्दै गएको दीपकप्रसाद बस्याल बताउनुहुन्छ । करीब दश वर्ष सम्मको समय उहाँले कतारमा बिताउनुभयो । होटल क्षेत्रमा काम गर्ने बस्याल अहिले गाउँका जग्गामा परिवारका साथ काम गर्न पाउँदा खुशी हुनुहुन्छ । 

युवाले तीन वर्षअघि रु दुई/दुई लाख रकम उठाएर तरकारी खेती शुरु गरेको बताएका छन् । अहिले वर्षमा करीब रु पाँच/छ लाख बराबरको आम्दानी हुने गरेको भीमप्रसाद बस्यालले बताउनुभयो । वार्षिक रु १५ लाख बराबरको कमाई गर्ने लक्ष्य रहे पनि शुरुआती चरणमा पनि तरकारी खेतीबाट राम्रै आम्दानी भएको उहाँ बताउनुहुन्छ । यहाँ उत्पादन भएको तरकारी पाल्पा सदरमुकाम तानसेन, बुटवल बजारमा खपत भइरहेको छ । विदेशबाट गाउँ फर्केका धेरैजसो युवाले कृषि व्यवसायमा आबद्ध रहेको बगनासकाली कृषि शाखाप्रमुख राजेश बोहरा बताउनुहुन्छ । गाउँपालिकाले व्यवसायमा लागेका युवालाई प्रोत्साहनस्वरुप अनुदानका कार्यक्रम चलाएको छ । 

यस्तै, रामपुर नगरपालिका–४ देवीस्थानमा दिलबहादुर थापा र लालबहादुर थापाले पनि समूहमा तरकारी खेती गर्नुभएको छ । उहाँहरु पनि विदेशबाट फर्केलगत्तै यस व्यवसायमा लाग्नुभएको छ । तीन वर्षअघि करीब ११ रोपनी जग्गा वार्षिक रु ४० हजार बुझाउने गरी भाडामा लिएर बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिनुहुन्छ । 

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गरेपछि उत्पादन राम्रो हुँदै गएको दिलबहादुर थापाले बताउनुभयो । करीब ११ वर्षको समय बहराइनमा रहँदा थापाले उच्च प्रविधिको तरकारी (हाइटेक) टनेलमा काम गर्नुहुन्थ्यो । त्यहाँको अनुभवले गाउँकै जग्गामा नयाँ सोच र प्रविधिको प्रयोग गरी तरकारी खेती शुरु गर्नुभएको हो । 

थापाको तरकारी व्यवसाय अहिले अवलोकनयोग्य बनेको छ । बहराइनमै करीब आठ वर्ष बिताउनुभएका लालबहादुर थापा पनि गाउँकै जमीनमा पसिना बगाउन पाउँदा आनन्द लाग्ने गरेको बताउनुहुन्छ । कृषकलाई नयाँ प्रविधि दिन सकियो भने उत्पादन राम्रो लिन सक्ने हुँदा प्रविधि सिकाउन स्थानीय सरकारले जोड दिनुपर्ने कृषकको माग छ । 

रामपुर नगरपालिका क्षेत्रमा करीब पछिल्लो समय कृषि व्यवसायमा युवाको आकर्षण बढ्दै गएपछि युवा स्वरोजगार अनुदानका कार्यक्रममार्फत हौसला बढाउन व्यवसायमा लगानी गरिदिएको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताउनुभएको छ । वैदेशिक रोजगारीमा निकै सङ्घर्ष गरेका धेरैजसो युवा कृषिमा आबद्ध रहेको पाइएको छ । विदेशबाट फर्किसकेपछि युवाले समूह तथा व्यक्तिगत तवरले मिहेनतका साथ कृषिमा लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । ज्ञान केन्द्रले तोकेको कार्यविधिअनुसार काम गर्ने कृषकलाई व्यवसायमा सहयोग गर्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द