गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/> Sajhasabal गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/>
२ कार्तिक २०८१, शुक्रबार
पश्चिमी रुकुम - RKM

दर्जन बढी घर पहिरोको उच्च जोखिममा

१० श्रावण २०७३, सोमबार १५:५५

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको छ ।

दर्जन बढी घर परिवार वसोवास गर्दै आएको उक्त गाउँ नै १ मिटर बढी भाँसिएपछि जनधन सहित ठुलो क्षतिको उच्च जोखिम रहेको स्थानियले बताएका छन् । वर्षायाम सुरु भएपछि दिनहुँ जसो परिरहेको पानीका कारण हिजो मध्यरातमा जमिनमा धाँजा फाटेको स्थानिय गोविन्द बिकले बताउनुभयो । 

२०६३ सालमा गाउँ नजिकैको तुसेरीखोलीमा गएको ठुलो पहिरोका कारण जमिनमा यसअघि सामान्य चिरा परेपनि यसपटक भने जमिनले नै ठाउँ छाडेपछि गाउँ नै बग्ने होकी भन्दै स्थानिय त्रसित भएका छन् । तुसेरीखोलीमा पहिरो गएपछि पहिरो गएको आसपासमा वर्षेनी जमिन भाँसिने क्रम बढेको स्थानिय बिकको भनाई छ ।  

अहिले दर्जनबढी घरसहित गाउँभन्दा तलतिर रहेको सयौं मुरी उत्पादन हुने काल्ने खेत र बिजुलीका पोलहरु उच्च जोखिममा छन् । ठुलो क्षेत्रफलमा फैलिएको जमिनको ठाउँ ठाउँमा धाँजा फाटेका कारण कतिबेला गाउँलाई नै पहिरोले बगाउने हो भन्दै गाउँहरुले त्रसित बनेको स्थानिय रमेश खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने