२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

छोराले गरे आफ्नै बावुको हत्या

२०७७, १२ श्रावण सोमबार ११:०४

साउन १२, सुर्खेत | आफ्नै छोराको कुटाईबाट जुम्लाका एक बृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका–४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय बृद्ध दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् । 

शनिबार मध्यराती बाहिरबाट मदिरा सेवन गरी घर आएका ऐनबहादुरले एक्कासी आफ्नै बाबालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन । साउन १० गते राती कुटपिट भए पनि बृद्धको मृत्यु ११ गते दिउसो मात्रै भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार घटनापछि घाइते भएका बृद्धलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीका अनुसार सोमबार नै मृतकको शव पोष्मार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृतक बृद्धको टाउको, आखा र कोखामा चोटपटक लागेको छ । मृतक पूर्व नेपाल प्रहरीका असई समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै बावुको हत्या गर्ने छोरा ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् । 

नियन्त्रणपछि उनलाई गाउँ नजिकैको कनकासुन्दरी प्रहरी चौकीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गर्न र नियन्त्रणमा परेका ऐनबहादुरलाई जिल्ला सदरमुकाम ल्याउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देवाराज भट्टराई सहितको टोली घटनास्थल तर्फ गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?