Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पहिरामा पुरिएर आमाछोरीको मृत्यु

२०७७, १४ श्रावण बुधबार ०६:२९

साउन १४, घोराही । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । 

घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुष्मा नेपालीको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गर्नुभएको छ । घरमा रहेका पाँच जनामध्ये अन्य तीनजना भने सकुशल रहेका छन् । सो घरमा मृतक बाटुकीका सासू, ससुरा र जेठाजु बस्दै आउनुभएको थियो । मृतकका श्रीमान्को केही समयअघि मृत्यु भइसकेको बताइएको छ । 

घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा रहेका छन् । केही दिनयताको लगातारको वर्षात्का कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो