कमल महत (सास), फागुन १९, दोलखा
।
दोलखाको च्यामा गाविसलाई आज पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
जिल्ला स्वास्थय कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्कीले एक कार्यक्रमकाविच
गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्नु भएका होे । गाविस सहायक सचिव टंक प्रसाद फुयालको
अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले ईलाका नम्वर ५ का अध्यक्ष मेघराज केसी, काङग्रेस च्यामाका
सभापति मोति बहादुर घिमिरे, नेकपा एमाले च्यामाका अध्यक्ष चक्र बहादुर घिमिरे, एकिकृत माओवादी च्यामाका
सचिव थिर बहादुर केसीे, महिला स्वयस सेविका च्यामा ईन्चार्ज कल्पना फुयाँल, स्वास्थ्य चौकी च्यामाका
निमित्त ईन्चार्ज रोहित अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जिल्ला स्वास्थ्य
कार्यालय दोलखाले जिल्लामा रहेका सबै ४८ गाविस र २ नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गरी चैत्र
महिनाभित्र जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको जनाएको छ । हालसम्म तिन दर्जन बढी
गाविस पुर्ण खोपयुक्त घोषणा गरिसकिएको छ ।