२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से २३ अङ्कले घट्यो

२०७७, १४ श्रावण बुधबार ११:३२

साउन १४, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २३.३६ अङ्कले ले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । 

स्टकका अनुसार आज कुल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटे । 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १५ करोड ७१ लाख १०५ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एसिया बैंकको रु आठ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको रु पाँच करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिष्टिलरी लिमिटेडको रु चार करोड ७५ लाख २३ हजार ८८३ बराबरको शेयर कारोबार भई अग्रस्थानमा रह्यो । 

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाए । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताल सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाए । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीइ संस्था ७.२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.८१ प्रतिशतले गुमाए । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा