९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से २३ अङ्कले घट्यो

१४ श्रावण २०७७, बुधबार ११:३२

साउन १४, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २३.३६ अङ्कले ले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । 

स्टकका अनुसार आज कुल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटे । 

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १५ करोड ७१ लाख १०५ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एसिया बैंकको रु आठ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको रु पाँच करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिष्टिलरी लिमिटेडको रु चार करोड ७५ लाख २३ हजार ८८३ बराबरको शेयर कारोबार भई अग्रस्थानमा रह्यो । 

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयरधनीले समान १०÷१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाए । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताल सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाए । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीइ संस्था ७.२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.८१ प्रतिशतले गुमाए । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल