१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशभरका होटल र रेष्टुराँ ४ महिनापछि सञ्चालनमा आए

१५ श्रावण २०७७, बिहीबार ०५:०२

साउन १५, काठमाडौं । लकडाउनको ४ महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आएका छन् । सरकारले गत ११ चैतदेखि लागू गरेको लकडाउन यही ६ साउनबाट लकडाउन अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । 

पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने योजनामा छन् ।

विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहुँदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टाइन बस्नुपर्ने नपर्ने अथवा पीसीआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

उनका अनुसार प्राटोकलले हवाई जहाज कम्पनी, होटल, रेष्टुँरा तथा अन्य पर्यटनसँग सम्बन्धित कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटन नेपाल छिरे पछि तत्कालै के गर्ने भन्ने अन्योलले विदेशी नेपाल आउन चाहे पनि तत्काल आउने सम्भावना कम रहेको छ ।    

व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । ४ महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ ।

अहिले पनि अल्पाइन क्लबका सदस्य, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेका अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उनको भनाइ छ ।पदयात्रा वा पर्वतारोहणमा जाँदा सामाजिक दूरी कायम रहने भएकाले नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान प्रकृतिसँग रम्न चाहने भएकाले उसलाई आउनासाथ कसरी त्यहाँ कसरी लैजाने भन्ने टुङ्गो सरोकारवालाले लगाउनुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ ।

सुरुवाती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताएका छन् । 

यस्तै होटेल सञ्चालन गर्न आवश्यकताबमोजिम कर्मचारीलाई तालीम दिइसकेका रेष्टुराँ तथा बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । अहिले पूर्णरुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उनले बताए । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अगामी १ भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ । उडान खुलेपछि विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण सिर्जना हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी