2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चीनको न्यालम क्षेत्रमा लगातार वर्षा : भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध

साउन १५, सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ । 

मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेकाले न्यालम क्षेत्रका विभिन्न ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ  बुधबार जिल्ला विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठक बसेको हो । चीनसँग कूटनीतिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने कुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । 

चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको भन्दै भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन प्रजिअ ढकालले आग्रह गर्नुभएको छ । 

केहिदिन अघिको वर्षाका कारण क्षति हुन पुगेको चौतारा अस्पतालको लागि माग भएको १० थान त्रिपाल रेडक्रस सोसाइटीमार्फत उपलव्ध गराउने निर्णय गरिएको ढकालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई