2026-10-22 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

साउन १५,चितवन । जिल्लाका युवा पत्रकारका लागि ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६  पत्रकारको सहभागिता रहेको छ । 

तालिमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी राजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचना फैलने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ ‘ब्रेकिङ’ समाचार दिने नाममा महत्वपूर्ण सूचना छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेशा पनि भएकाले पेशालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथामसम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।” 

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताउनुभयो । यो तालिम पत्रकारको क्षमता अभिवृद्धि गर्दै मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासका सूचनाविज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरुले विश्वास गर्ने बताउनुभयो । “प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ, त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउन तालिम सहयोगी हुनेछ”, उहाँले भन्नुभयो । 

तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बङ्गलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचि तथा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिँदै हुनुहुन्छ । 

त्यसैगरी फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम बुधबारदेखि शुरु भई शुक्रबारसम्म हुने मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ