२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

महाकाली नदीमा खतराको सङ्केत

१५ श्रावण २०७७, बिहीबार ११:०१

साउन १५, डडेल्धुरा । मङ्गलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी जलस्तरमापन केन्द्र परीगाउँले सचेत गराएको छ । 

आज बिहान ११:०० बजे महाकाली नदीमा जलस्तर ६.५ मिटर पुगेको मापन केन्द्रले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको सङ्केत मानिन्छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर सात मिटर पुग्दा जोखिम हुने गर्दछ । यस्तै शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने सङ्केत देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेलाई सचेत रहन आग्रह गरेको छ ।

नदी कटानले दर्जनाँै बस्ती जोखिममा 

नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रीमधेश क्षेत्रका दर्जनौं बस्ती उच्च जोखिममा रहेका छन् । महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाको कटानका कारण भित्रिमधेस क्षेत्रका बस्ती वर्षायाममा वर्षेनी विपद्को उच्च जोखिममा रहने गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी, कटानी र डुबान निम्त्याउने महाकाली नदी परशुराम नगरपालिकका ३, ५ र ६ वडालाई छोएर कञ्चनपुरतर्फ बग्ने गर्दछ । महाकाली नदीको किनारामा रहेको प्रशिद्ध परशुराम धाम वर्षेनी आउने बाढीका कारण सङ्कटमा पर्दै गएको छ । महाकालीसहित रङ्गुन नदी, सादनी खोला,  पन्तुरा गाड र शीर्ष गाडसहित चुरे क्षेत्रबाट बग्ने तीन दर्जन बढी खहरे खोलाका कारण भित्रिमधेशका अधिकाशं बस्ती बाढीको उच्च जोखिममा रहेका इलाका प्रशासन कार्यालय जोगबुडाले जनाएको छ  । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य