२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ

२०७७, १५ श्रावण बिहीबार १४:०३

साउन १५, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको आज भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उहाँले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । 

कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । “हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पूँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो”, उहाँले भन्नुभयो । 

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताउनुभयो । 

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ । 

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा श्रीनगर एग्रो फार्मकी सञ्चालक मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताउनुभयो । उद्योगी पवन गोल्यानले व्यावसायिक तालीम उपलब्ध गराएको खण्डमा १५ लाख भारतीय नागरिकले नेपालमा गर्ने काम नेपाली कामदारलाई दिन सकिने बताउनुभयो । 

नेपाली श्रम बजारमा ७१ लाख श्रमिक क्रियाशील छन् । तीमध्ये कृषिमा मात्रै १५ लाख २३ हजार, थोक तथा खुद्रा व्यवसाय १२ लाख ४० हजार, उत्पादन १० लाख ७२ हजार, निर्माण क्षेत्रमा नौ लाख ७८ हजार, शिक्षामा पाँच लाख ५८ हजार, आवास तथा खानामा तीन लाख ७१ हजार श्रमिक आबद्ध रहेको सो अवसरमा जानकारी गराइयो । 

यसैगरी यातायात क्षेत्रमा तीन लाख २२ हजार, मानव स्वास्थ्यमा एक लाख ७१ हजार, सार्वजनिक प्रशासन एक लाख ३३ हजार, बैंक तथा वित्तीय क्षेत्र एक लाख १८ हजार, निजी घरायसी ७३ हजार, प्रशासन ६४ हजार, खानी ५९ हजार, सूचना तथा सञ्चार ६० हजार, प्राविधिक ४४ हजार, पानी वितरणमा ४२ हजार, विद्युत् तथा ग्यासमा ३४ हजार, कला र मनोरञ्जन ३४ हजार, विदेशी नियोगमा १८ हजार र घरजग्गामा १७ हजार आबद्ध छन् । 

रोजगारी परियोजनाले तत्कालै निर्माण क्षेत्रमा एक हजार ४७०, कार्यालय सहयोगीमा एक हजार ४२१, मार्केटिङ अफिसरमा एक हजार चार र निर्माणका कामदार ९५१ जनालाई रोजगारी दिन सकिने जनाएको छ । यस्तै रोजगारीमूलक तालिममार्फत बेकरी क्षेत्रमा एक हजार, व्यावसायिक बाख्रापालन तालीमबाट एक हजार ५००, एक्साभेटर र लोडरमा एक हजार ५०० लाई रोजगारी दिन सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा