२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलामका होटेल खुले तर खुलेनन् घरवास

२०७७, १६ श्रावण शुक्रबार ०४:५२

किरण पौड्याल । साउन १६, इलाम । करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् ।

कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्तहरू पूरा गर्नुपर्ने नियम राखिएको छ । श्रीअन्तु होमस्टे व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले भन्नुभयो, “हामीले केन्द्रको निर्देशन मान्दै होटल खोलेका हौँ, तर एक होटल÷कटेजमा एक दिनमा एक जना मात्र पाहुना राख्नुपर्ने शर्त छ ।” यसका स्थानीय व्यक्तिलाई मात्र बस्ने दिने नियम बनाइएको छ । शङ्कास्पद र टाढाको व्यक्ति राख्न नमिल्ने नियम बनाइएको उहाँले बताउनुभयो ।

व्यवसाय नै ठप्प भएर आर्थिक स्थिति नाजुक बनेपछि खोल्नुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ । तर होटल र कटेजमा पाहुनालाई स्यानिटाइजर दिने, ज्वरो मापन गर्नुपर्ने नियम राखिएको छ । उहाँले भन्नुभयो “हामीले होटल÷कटेज खोल्यौ भन्ने सन्देश मात्र दिएका हौँ ।” होटल र कटेज खुले पनि अन्तुका होमस्टे भने साउनभर नखुल्ने भएका छन् । होमस्टे एशोसिएसन नेपालले खुनाउन अनुरोध गरे पनि कोरोनाको जोखिमले होमस्टे नखुलेका हुन् ।

होमस्टे खुल्नेबित्तिकै ठूलो सङ्ख्यामा पर्यटक आउन सक्ने भएकाले होमस्टे १५ दिनपछि मात्र खुल्ने जनाइएको छ । श्रीअन्तुडाँडा सामुदायिक होमस्टे अन्तुका अध्यक्ष धनबहादुर आलेका अनुसार आगामी भदौ १ गतेबाट मात्र होमस्टे खुलाउने निर्णय भएको छ । 

 सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल÷कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा