2026-09-12 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मुख्यमन्त्री राउतद्वारा बकरिदको शुभकामना

साउन १६, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गर्नुभएको उल्लेख गरिएको छ ।

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उहाँले कामनासमेत गर्नुभएको छ । वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ–आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन