साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै घटनामा एक बालिकासहित तीनजनाको मृत्यु

११ श्रावण २०७३, मंगलवार ०२:२०

साउन ११, राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 

जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् । 

यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

आफ्नै खेतमा हलो जोत्दाजोत्दै अचानक लडेर बेहोस भएका उनीहरु दुवैजनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बीचबाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, सप्तरीकै मधुपट्टी गाविस–९ मा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । मृत्यु हुनेमा सोही ठाउँका सिबु साहकी १६ वर्षीया छोरी अन्जना साह रहेको प्रहरीले जनाएको छ । 

अन्जनाले सोमबार आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार