साउन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार (साउन १६) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५६ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।