Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी

२०७७, १६ श्रावण शुक्रबार ०९:१३

साउन १६, विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।

अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनुभयो । यहाँ सङ्क्रमित भएकाभन्दा उपचार गरेर घर फर्कनेको अनुपात निकै सन्तोषजनक रहेकै कारण प्रदेश १ मा शनिबारसम्ममा ७८९ जना निको भएर घर फर्किएका छन् । तथापि कोरोनाको भय र त्रास अझै मानिसमा कायम नै छ । यसलाई नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट शुरु गरेको बन्दाबन्दी साउनमा हटाइएको छ भने यसलाई स्थानीय तहले निरन्तरता दिने भएका छन् ।

समुदायमा फैलिए नियन्त्रण गर्न समस्या हुने र स्थिति भयावह बन्ने भएकाले नै स्थानीय तहले बन्दाबन्दी नभनी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल पनि गरेका छन् । समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै  नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ । यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति  बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

यस्तै बैठकले विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना सङ्क्रमण भए आ आफ्ना अस्पतालमै व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । दीर्घकालीन योजनाका साथ अघि बढिरहेको विराटनगर महानगरपालिकाले कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास एवम् पहल गर्ने दाबी गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित