२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

१७ श्रावण २०७७, शनिबार १२:१६

साउन १७, डोटी | सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी  बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक  जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार  बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ असिटेन्ट)  विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् । 

जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उहाँहरु बगेर बेपत्ता भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर बोहराले बताउनुभयो ।

बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजीकार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेतीनदीमा पौडी खेल्ने क्रममा यस आर्थिक वर्षमा मात्रै चार जनाको ज्यान गइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे