Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

२०७७, १७ श्रावण शनिबार १२:१६

साउन १७, डोटी | सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी  बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक  जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार  बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ असिटेन्ट)  विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् । 

जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उहाँहरु बगेर बेपत्ता भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर बोहराले बताउनुभयो ।

बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजीकार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेतीनदीमा पौडी खेल्ने क्रममा यस आर्थिक वर्षमा मात्रै चार जनाको ज्यान गइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश