२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित

१८ श्रावण २०७७, आईतवार ०३:३०

साउन १८, डोटी | जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ । 

लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।”

पहिराले उक्त गाउँका ती घरपरिवार विस्थापित भएपछि अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन् । भुर्केलागाउँको चारैतिर पहिरा झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु अहिले अग्लाडाँडामा पाल टाँगेर बस्न बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ