२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ताल फुट्ने जोखिम कायमै : भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

१८ श्रावण २०७७, आईतवार ०७:१९

देवराज सुवेदी । साउन १८, सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उहाँले भन्नुभयो, “त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ ।” 

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो । भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

बाह्रबीसे –तातोपानी सडक अस्थायी सञ्चालन

गत असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायत संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको होे । बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्नयोग्य भएको छ ।

अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखेर अस्थायी रुपमा सडक निर्माण भएको सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो ।

बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखी तीन लाइनको कल्भर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको महतोले बताउनुभयो  । उहाँका अनुसार अस्थायीरुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि पनि प्रक्रिया शुरु गरिएको छ ।

 नैनबहादुरको उपचारमा रु ७० हजार

अर्थाभावका कारण उपचारमा समस्या भएपछि तत्कालीन माओवादी लडाकुका कम्पनी कमाण्डर नैनबहादुर तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । सशस्त्र युद्धमा बम र गोलीका छर्रा लागेर अर्बुद रोग लागेका उहाँलाई केही दिनयता आर्थिक सहयोग लिएर मन्त्री, सांसद र नेताहरु भक्तपुरस्थित डेरामा पुगिरहेका छन् । 

शनिबार नेकपा सुनकोशी गाउँपालिका कमिटीका समन्वयमा वाग्मती प्रदेश सरकारका मन्त्री अरुण नेपाल र प्रदेशसभा सदस्य सरेश नेपालसहित नेकपाका नेता कार्यकर्ता तामाङलाई भेट्न पुग्नुभएको थियो । मन्त्री नेपालले नैनबहादुरको उपचारका लागि रु ७० हजार सहयोग प्रदान गर्दै स्वास्थ्योपचारमा आवश्यक पहल गरिने बताउनुभयो । यसअघि पूर्वमन्त्री मोहन बस्नेतले रु ५० हजार सहयोग गर्नुभएको थियो भने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले एक महिनाको तलब सहयोग गर्ने बताउनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे