2026-10-24 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

रवीन्द्र काफ्ले । साउन १८, पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ । 

ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताउनुभयो ।

चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो । “बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ”, चापागाईले भन्नुभयो, “यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएका मानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।” सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ । 

हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७÷७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उहाँको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताउनुभयो ।

यहाँ घुम्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ मृदुङ्गा झरना पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भए पनि पूर्वाधारका दृष्टिले शून्य अवस्थामा रहेकाले द्रूत गतिमा पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुहुन्छ । “यहाँ पर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवद्र्धनबाट यहाँ ठूलो लाभ पनि लिन सकिने रहेछ”, नेम्वाङले भन्नुभयो, “यसका लागि स्थानीय तह र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।” 

झरना निकै सुन्दर र आकर्षक रहेको तथा तमोर करिडोर सडक सञ्चालनमा आउन लागेकाले यहाँबाट स्थानीय तहले ठूलो आम्दानी लिन सक्ने नेम्वाङको भनाइ छ । “पूर्वाधार निर्माण र व्यवस्थित प्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभ लिन सक्दछ”, नेम्वाङले भन्नुभयो । 

फिदिम र ताप्लेजुङबाट यहाँ पुग्न लामो समय नलाग्ने हुनाले स्थानीय पर्यटकको चाप बढ्दै गएको हो । स्थानीयवासी एवं व्यवसायी चापागाईका अनुसार यहाँ हिउँदमा पानी कम हुने गर्छ । सुभाङ खोला झरना नजिकै रहेकाले त्यहाँका पानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उहाँको भनाइ छ । 

यस्तै झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनु पर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने