साउन १९, टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ ।

सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिनुभयो । परम्पराअनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरीे नाच देखाउँदै आएका थिए । अघिल्लो वर्ष कुन्छालले तयार पारेको यस नाच यस वर्ष कुलगाउँको जिम्मेवारीमा परेको थियो ।

दुईमध्ये एउटा गाउँमा तयार पारिएको नाच पहिले आफ्नो गाउँमा देखाएर जनैपूर्णिमाकै दिन अर्को गाउँमा लैजाने चलन रही आएको छ । नाचमा परम्परागत कृषि कर्मअन्तर्गत धान रोपाइँका विभिन्न भूमिकालाई नाच र अभिनयमार्फत प्रदर्शन गर्ने गरिन्छ । रासस

जनैपूर्णिमाको दिन देखाउने हिले नाच स्थगन