२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल

१९ श्रावण २०७७, सोमबार ०७:३८

साउन १९, वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । 

मुख्यमन्त्री पौडेलले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले जनजीवनमा प्रतिकूल असर पारेको, निर्वाध चाडपर्व मनाउन तथा दैनिक जीवन व्यवहार सञ्चालन गर्नसमेत असहजता सिर्जना गरेको उल्लेख गर्दै पछिल्लोपटक वाग्मती प्रदेशका काठमाडौँसहित अन्य जिल्लामा सङ्क्रमण बढ्दो रहेको बताउनुभएको छ । 

“यसर्थ कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वृद्ध तथा बालबालिकालाई घरमै बस्न आग्रह गरेको छ भने सुरक्षात्मक मापदण्ड परिपालना गर्न आम नागरिकलाई सजग गराउँदै आएको छ”, पौडेलले सन्देशमा भन्नुभएको छ । 

उहाँले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी प्रदेश सरकारले आवश्यकतानुसार अन्य कदमसमेत अगाडि बढाउनुपर्ने हुन्छ भन्दै मानवजातिकै चुनौतीका रूपमा देखापरेको यस भाइरसका विरुद्धको लडाइँमा संयमता, धैर्य र आत्मविश्वासलाई कायम राख्दै सुरक्षात्मक मापदण्डको अनुसरण गर्न सक्दा विजयी हुने उल्लेख गर्नुभएको छ । 

“रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी, भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वाससहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य