साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए "/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्तीमा बेपत्ता बोहराको खोजी जारी

२०७३, ११ श्रावण मंगलवार ०३:५०

साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । 

राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए । अन्यलाई स्थानीयले उद्धार गरेपनि त्रिपुर नगरपालिका– ९ हापुरका बोहरा भने बेपत्ता भएका हुन । 

बेलुकी ६:४५ बजेतिर उक्त घटना भएको थियो । बेपत्ता बोहराको अमेलिया, रिहार र चंगुवा चौकीबाट गएको प्रहरीको टोलीले खोजी कार्य जारी राखेपनि फेला नपरेको गाविस सचिव तुलसीराम खड्काले जानकारी दिएका छन् । 

खसीबोकाको किनबेच गर्दै आएका बोहरासहितको टोली खांग्राबाट आउँदै गर्दा डुङ्गा डुबेको हो । क्षमताभन्दा धेरै लोड भएपछि डुङ्गा डुबेको अनुमान गरिएको छ । सतवरीया र राजपुर जोड्ने स्थानमा पुल नहुँदा दुईवटा डुङ्गाले मानिसलाई वारपार गराउँदै आएका छन् । स्थानीयले नै वार्षिकरुपमा अन्नपात दिएर बोटेलाई खटाएका छन् । 

रोल्पा जिल्ला जैलीपोखरी घर भई हाल त्रिपुर–९ हापुर बस्दै आएका बेपत्ता बोहराको खोजीका लागि रोल्पाली सेवा समाजको टोली पनि गएको छ । समाजका अध्यक्ष मदनकुमार वलीको नेतृत्वको १० जनाको टोलीले प्रहरीसँगै बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की