Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लोकमार्ग मर्ममा टालटुले काम

२०७७, २० श्रावण मंगलवार ०८:५१

साउन २०, सर्लाही । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।

 वर्षायाम शुरु भएपछि टालटुलका काम शुरु हुने र पानी परेपछि सोही स्थानमा भत्किने गरेका कारण थप समस्या सिर्जना भएको हो । सडकमा धेरै जीर्ण भएकाले वर्षामा पानी जम्ने र हिउँदमा धुलाम्मे हुँदा स्थानीयवासी थप पीडित भएका छन् ।

व्यस्त सडकखण्डमा ठूलाठूला खाल्डा पर्दा पनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहटका कार्यालय प्रमुख दरोगाप्रसाद साहको ध्यान जान नसकेको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बताउनुभयो ।

जिल्लाका पूर्व–पश्चिम लोकमार्गसँग जोडिएका स्थानीय निकायले सो सडकको अवस्थाको विषयमा सडक डिभिजन कार्यालयलाई पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको लालबन्दी नगरपालिकाका नगर उपप्रमुख शान्ति लामाले बताउनुभयो । पूरै सडक बनाउन सम्भव नरहेका कारण भत्किएका स्थानमा मात्र टाल्ने गरेको कार्यालयको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ