२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका पहिरा पीडितको बास पालमुनि, बालबालिका जोखिममा

२० श्रावण २०७७, मंगलवार १२:१५

विमलबहादुर विष्ट । साउन २०, डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिराको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ । 

गएको शनिबार आएको ठूलो पहिराका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, मच्छर र जङ्गली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयवासी धर्मराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूरै गाउँले पहिराको डरले गाउँ छोडेर जङ्गलको अग्लो डाँडामा पाल टाँगेर बसेका छन्, त्यहाँ सर्प, मच्छर र जङ्गली जनावरले उनीहरुलाई सताउने गरेको छ ।” 

त्यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको सायल गाउँपालिका तोलेनीका अर्का स्थानीय तथा व्यापारी हिमाल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्थापितलाई खानेकुरो त छोडौँ, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहर पानी प्रयोग गरेकाले पखाला हुने सम्भावना बढेको छ ।” 

विस्थापित भएका परिवारहरुसँग केटा केटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । पहिराले विस्थापित भएको तीन दिन भइसक्दासमेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । उनीहरु भन्छन्, “पहिराले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एक छाक खाने कुरो त देऊ ।”

गाउँमा बर्सेनी रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरा जान थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नु परेको पहिरा पीडितको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँवासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभिआरएम्पी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाडाको व्यवस्था गरेका छौँ, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौँ ।” 

विस्थापित भएकाहरुसँग खानलाई अन्नको एक दानासमेत नभएका कारण भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको पहिरा पीडितमध्येका एकजना धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेकुरो सबै गाउँमै छुट्यो हामीसँग खानलाई पनि केही पनि छैन, आफू त भोक सहन गर्न सक्छौँ, केटाकेटीलाई खान के दिऊँ समस्या भयो ।” 

उक्त गाउँमा प्रायः जसो थापा जातिको बढी बसोबास रहँदै आएको छ । अहिले दैनिक बर्सात भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन् । उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिनुभयो ।

पहिराको समस्या वर्षौंदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितहरुको गुनासो छ । विस्थापित भएकाहरुको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी डम्मर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराले पूरै गाउँ खतरामा परेको छ, गाउँलेको सुरक्षित बासस्थानको व्यवस्थापन नगरिए सामूहिक चिहान हुने पक्कापक्की छ ।” 

गाउँपालिले दिएका पाल पनि झरी र हावाहुरीले च्यातिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ । वर्षातका कारण पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ