२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा, यस्तो छ कारण

२१ श्रावण २०७७, बुधबार ०४:२३

साउन २१, महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।

साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।

यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभएको छ । यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पुर्याइने मन्त्री यादवले बताउनुभएको छ ।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन् । पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ । तथ्याङ्कानुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ सङ्क्रमण पुष्टि भएको छ । लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशभित्र हालसम्म (मङ्गलबारसम्म) ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ ।  यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन् । प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ । अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ । तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।

लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेको छ । सीमाक्षेत्रमा दोहोरो आउजाउ बढेको र हिँडडुलमा लापरवाही बढेपछि सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । खासमा शारीरिक (भौतिक) दूरीको निर्वाह नगरिँदा, मास्कको प्रयोग नहुँदा, बजारहाटमा भीडभाड बढ्दै जाँदा र सीमाक्षेत्र वारपारको बाक्लो ओहोरदोहोर बढ्दा सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य