२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

इतिहास बोकेको पहिलो जनयुद्ध सङ्ग्रहालय

२२ श्रावण २०७७, बिहीबार ०६:४०

उमा केसी । साउन २२, रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो । जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको बताइएको हो ।

मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ । उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ । सङ्ग्राहलयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुन बताउनुहुन्छ । “सङ्ग्रहालयबाट हामीले विगतमा गरेका कार्यको भावी सन्ततिले थाहा पाउनेछन्, हामीले युद्धबाट स्वर्णिम इतिहास रचेका छौँ”, पुनले भन्नुभयो ।  यही व्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताउनुभयो ।

देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालयको अवलोकन गरेर मात्रै भए पनि युद्धकालीन सोधकार्य गर्न सकिन्छ ।” रातभरि मौषमी चन्दा उठाउन आम जनताले सहयोग गरेको स्मरण गर्दै सङ्ग्रहालय बन्दा आफूलाई आन्नद महसुस भएको केसीले बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमूनाका रूपमा राख्नुपर्ने बताउनुभयो । उहाँले जनयुद्धकालीन सामग्रीलाई डेमोका रूपमा सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन माओवादी सेनाहरु जुनरूपमा बसेका थिए त्यतिखेरको स्वरुप जस्तो थियो, त्यस्तै रूपमा राख्नुपर्छ ।”

उक्त सङ्ग्राहलयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ । सङ्ग्रहालय परिसरमा एक हजार ३०० मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युद्धकालीन संरचनाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रोल्पामा यस्ता युद्धकालीन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रदेश सरकारको रु ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको रु ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताउनुभयो । लकडाउनका कारण उपभोक्ता समितिले केही रकम खर्च गर्न नसकेको डाँगीले बताउनुभयो ।

सङ्घीय सरकारल र प्रदेश सरकारको कूल रु ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो । प्यारामिटर एक हजार ३५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्णकार्य गरिएको छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत आएको पर्यटन विकासतर्फको बजेटले उक्त भौतिक पूर्वाधार निर्माण गरिएको डिभिजन वन अधिकृत दडिलाल कँडेलले जानकारी दिनुभयो । तत्कालीन सेनासँगको लडाइँमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेक राखिएको थियो ।

विस्तृत शान्ति सम्झौता पछि विसं २०६३ मङ्सिर ५ गते ५ नम्बर  डिभिजनअन्तर्गतका चार डिभिजनमध्येमा ज्वार स्मृति बिग्रेड तिलामा स्थापना गरिएको थियो । हाल झन्डै सात हेक्टर क्षेत्रफलमा उक्त सङ्ग्राहलय स्थापना गरिएको छ । हाल उक्त क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बेस क्याम्प राखिएको छ ।

विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र नेपाली सेनाबीच दोहोरो भिडन्त भएको थियो । यी ठाउँलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन् । युद्धकालीन समयमा रोल्पामा ९६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा