2026-10-23 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ : बाढी, पहिरो र चट्याङबाट १६ को मृत्यु

साउन २२, विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अङ्कुश तामाङ, करण थामी, अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई र रामधुनी–७ सुनसरी निवासी दिपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

दिपेश लिम्बू र मन्दीप लिम्बूको अरिङ्गालले टोकेर मृत्यु भएको बताइएको छ भने अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो ।

यसैगरी, बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उहाँहरु असार २८ गते भारी वर्षाका कारण पहिरोमा परी बेपत्ता भएको उपसचिव थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने