साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवार"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एघार वर्षीय बालिकाको हत्यारा पक्राउ गर्न माग

११ श्रावण २०७३, मंगलवार ०५:२४

साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवारे–५ स्थित मावलीघरमा घाँटी रेटेर वीभत्स हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक शङ्का गरे तापनि हालसम्म घटनाको सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । 

तनुजा स्थानीय ब्राइट फ्युचर अङ्ग्रेजी स्कुलमा कक्षा ५ मा अध्ययन गर्थिन् । उनी स्वर्णिम बाल क्लबको सदस्य समेत थिइन् । सोही बाल क्लबको अगुवाइमा सोमबार यहाँ ¥याली निकालिएको हो । 

माध्यमिक विद्यालय, बर्नेको परिसरबाट सुरु भएको विद्यार्थीको मौनर्याली पिपलचोक हुँदै कामीटारस्थित तनुजाको काजकिरिया भइरहेको घर पुगेर शोकसभामा परिणत भएको थियो । 

हत्यारालाई कारबाही गर, बालबालिका उज्यालो सूर्य हुन्, बालअधिकार हनन् बन्द गरलगायतका थुप्रै नारा लेखिएका प्ले कार्ड ¥यालीका सहभागीले बोकेका थिए । 

र्यालीपछि भएको शोकसभामा बोल्ने वक्ताले तनुजाको हत्यारालाई चाँडोभन्दा चाँडो पत्ता लगाउन र कडा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा