2026-08-31 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

राजमार्गका होटलमा निगरानी बढाइने

साउन २३, मुग्लिन । इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरुमा कडाइका साथ निगरानी गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको अध्यक्षतामा बिहीबार बसेको कोरोना नियन्त्रण समितिको बैठकले गाउँपालिकाभित्र रहेका होटल, सवारी साधन, तरकारी सङ्कलन केन्द्र (बजार) तथा अन्य सञ्चालित व्यवसायले कोरोनाबाट जोगिन आवश्यक सुरक्षाका मापदण्ड लागू गरेको छ/छैन भनी निगरानी राख्ने निर्णय गरेको छ ।

विशेष गरेर राजमार्ग क्षेत्रका होटलमा सामाजिक दूरी कायम गरेको छ कि छैन ? मास्क र स्यानिटाइजर प्रयोग गरेको छ कि छैन ? लगायतका विषयमा समितिले निगरानी राख्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो । काठमाडौँ भित्रिने मुख्य राजमार्गमा रहेका मुग्लिन, कुरिनटार, लेवाटार, चुम्लिङलगायतका बजार इच्छाकामना गाउँपालिकाभित्र पर्दछ । यी क्षेत्रमा राजधानी भित्रिने र बाहिरिने यात्रुका लागि सञ्चालित होटल बन्दाबन्दी खुलेसँगै सञ्चालनमा आएका कारण कोरोना सङ्क्रमणको उच्च जोखिम रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विशेषगरी राजमार्ग क्षेत्रका होटल बन्दादन्दी खुलेसँगै सञ्चालनमा आएका छन्, तीन होटलमा सुरक्षाका उपाय अपनाएको छ कि छैन हामी निगरानी गर्नेछौँ ।”

बैठकको निर्णयानुसार अनिवार्य मास्क प्रयोग गरेर मात्र बाहिरी जिल्ला तथा अन्य पालिकाबाट गाउँपालिका प्रवेश गर्न पाइने छ । साथै उहाँले लकडाउन अवधिभर बन्द रहेका होटल व्यवसायीलाई घरभाडा छुट दिनका लागि उद्योग वाणिज्य सङ्घ तथा होटल व्यवसायी सङ्घको समन्वयमा घरधनीलाई आग्रह गर्ने निर्णय गरिएको पनि बताउनुभयो ।  यातायात सञ्चलानका लागि चालक तथा यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र भीड नहुने गरी यात्रु बोक्न पाइने छैन ।

  गाउँपालिकाभित्रका तरकारी उपज सङ्कलन केन्द्रहरुमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षाका उपाय लागू गराउन समितिसमेत गठन गरेको छ । कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा किसान, सहकारी सञ्चालक स्थानीय व्यपारी र स्थानीय सम्मिलित समिति गठन गरेको हो । साथै गाउँपालिका कार्यालयमा अतिआवश्यकबाहेकका सेवा एक बारमा एक वडालाई मात्र दिइने निर्णय गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टिनमा राखिएको र उनीहरु सबैको पिसिआर नेगेटिभ आएको उहाँले बताउनुभयो । हालसम्म सुरक्षित रहेको गाउँपालिकामा कोरोना भित्रिन नदिन प्रत्येक वडामा जनप्रतिनिधि, टोल सुधार समिति, स्वाथ्य संस्थाका प्रतिनिधि, सुरक्षा निकायलगायत समेटिएर समिति गठन गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार