२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलु खोलामा पानीको बहाव उच्च

२३ श्रावण २०७७, शुक्रबार ०७:५५

साउन २३, सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नाले जोखिम महसुस भएको उहाँको भनाइ छ । 

गए राति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको हो या पहिरो गएको भन्ने यकिन नभएको दूधकुण्ड क्षेत्रमा रहनुभएका लाक्पा लामाले बताउनुभयो । दूधकुण्ड पोखरी र अन्य दर्जनाँै साना पोखरीबाट बग्ने खोलाको सङ्गमस्थल शहर बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उहाँको भनाइ छ । 

“कुन पोखरी फुट्यो, त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भन्नुभयो, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” नदीको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उहाँको भनाइ छ । 

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भन्नुभयो, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छाँै ।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा विद्युत्गृह क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएका खण्डमा कम्तीमा तीन बस्तीका हजाराँै नागरिक विस्थापित हुनेछन् । 

जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तलतिर विगत १० वर्षदेखि सानोसानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमा नै तालको संरक्षण नगरे जोखिम बढी हुने उहाँको भनाइ छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ