2026-08-23 09:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलु खोलामा पानीको बहाव उच्च

साउन २३, सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नाले जोखिम महसुस भएको उहाँको भनाइ छ । 

गए राति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको हो या पहिरो गएको भन्ने यकिन नभएको दूधकुण्ड क्षेत्रमा रहनुभएका लाक्पा लामाले बताउनुभयो । दूधकुण्ड पोखरी र अन्य दर्जनाँै साना पोखरीबाट बग्ने खोलाको सङ्गमस्थल शहर बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उहाँको भनाइ छ । 

“कुन पोखरी फुट्यो, त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भन्नुभयो, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” नदीको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उहाँको भनाइ छ । 

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भन्नुभयो, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छाँै ।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा विद्युत्गृह क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएका खण्डमा कम्तीमा तीन बस्तीका हजाराँै नागरिक विस्थापित हुनेछन् । 

जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तलतिर विगत १० वर्षदेखि सानोसानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमा नै तालको संरक्षण नगरे जोखिम बढी हुने उहाँको भनाइ छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो